कोरोनाकै बीच सुधारियो नेपालको अन्तर्राष्ट्रिय व्यापार, निर्यात बढ्दा आयात घट्यो

कोरोना महामारीका कारण विश्व नै आर्थिक संकटतिर गइरहेको अवस्थामा नेपालको वैदेशिक व्यापार भने सकारात्मक दिशामा देखिएको छ । चालु आर्थिक बर्षको पहिलो २ महिना (साउन र भदौ)मा नेपालले १ खर्ब ९९ अर्ब २८ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

वैदेशिक व्यपारमध्ये २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको निर्यात भएको छ भने १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । यस अवधिमा नेपालको निर्यात व्यापारमात्रै गत बर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको छ ।

निर्यात बढ्दा आयाततर्फ भने २२ प्रतिशतले कमी आएको छ । गत बर्षको तुलनामा नेपालको व्यापारघाटा समेत २५ प्रतिशतले घटेको छ । निर्यातमा वृद्धि र आयातमा कमी आएका कारण नेपालको व्यापारघाटा गत बर्षको तुलनामा २४ प्रतिशतले घटेको तथ्यांक छ ।

गत आर्थिक बर्षको पहिलो २ महिनामा नेपालले व्यापारघाटा २ खर्ब ११ अर्ब रुपैयाँ व्यापारघाटा बेहोरेको थियो । हाल उक्त व्यापारघाटा घटेर १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ ।

कोरोनाको प्रभाव नियन्त्रण गर्ने उद्देश्यले लागु गरिएको निषेधाज्ञाका कारण सबै मानिस घरभित्रै भएपछि बाहिरबाट हुने आयातमा कमी आएको हो । यस्तै, नेपालमा उत्पादित केही बस्तु बाहिर निर्यात भएकाले निर्यातको वृद्धिदर भने उकालो लागेको छ ।
 





  • प्रकाशित मिति : असोज ९, २०७७ शुक्रबार १४:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया