नेपालका ४ जिल्ला जहाँ छन् १० भन्दा कम कोरोना संक्रमित

नेपालमा पछिल्लो समय कोरोनाभाइरसको प्रभाव र संक्रमण निकै तीव्र गतिमा भइरहेको छ । अब त नेपालमा पनि झन्डै ७० हजारमा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । 

नेपालको राजधानी तथा काठमाडौं अहिलेसम्म सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भएको जिल्ला हो । काठमाडौंमा मात्रै १५ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् । 

तर, नेपालका ४ जिल्लामा अहिलेसम्म १० जनाभन्दा कम संक्रमित भेटिएका छन् । 

सबैभन्दा कम संक्रमित भेटिएको जिल्ला हो, मुस्ताङ । मुस्ताङमा अहिलेसम्म एक जनामा मात्र कोरोना संक्रमण देखिएको छ । त्यस्तै, मनाङमा पनि अहिलेसम्म ४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । 

हुम्ला र डोल्पा अरु दुई जिल्ला हुन्, जहाँ अहिलेसम्म १० जनाभन्दा कम कोरोनाभाइरस संक्रमित भेटिएका छन् । हुम्लामा ५ जना र डोल्पामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । 

यी चार जिल्लामध्ये डोल्पामा मात्र एक कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार ११:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया