२४ घन्टामा थपिए १२०७ कोरोना संक्रमित

नेपालमा लगातार सातौँ दिन एक हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित एकै दिनमा थपिएका छन् । 

पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ य ७ जना कोरोना संक्रमित थपिएका हुन् । 

१० हजार १९ नमूना परीक्षण गर्दा यति कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयमा हुने नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यो जानकारी दिएका हुन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । 

अनि यही समयमा १ हजार १ सय ४७ जना संक्रमित ठिक भएका छन् । योसँगै नेपालमा ५३ हजार १३ जनाले अहिलेसम्म कोरोना जितेका छन् ।
 





  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार १६:४०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया