बझाङ घटनाका दोषीलाई कारबाही गर्न नेवि संघको माग

नेपाल विद्यार्थी संघले बझाङको मस्टा गाउँपालिकामा सम्झना विकको बलात्कारपछि हत्या गरिएको भन्दै यस प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । 

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले शनिबार विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कारबाहीको माग गरेका हुन् ।

बुधबार १२ वर्षीय विकको शरीरमा चोटपटक लागेको अवस्थामा शव भेटिएको थियो ।

नेवि संघले यस्ता गम्भीर अपराधका घटनामा सजायका लागि कडा कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । 

 





  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार २०:११:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया