मुर्दा उठेर चितामा बसेपछि

एजेन्सी– भारतको ओडिसामा एउटा अनौठो घटना भएको छ । ओडिसाको गंजाम जिल्लामा अन्तिम संस्कारका लागि लगिएको मुर्दा अचानक उठेर चितामा बसेको यो घटना अहिले भारतमा निकै चर्चामा आएको छ । 

शवलाई जलाउन गएकाहरु चाहिँ मुर्दा अचानक चलमलाउन थालेपछि भूत भन्दै डराएर भागेका थिए । तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे । उनीहरुले मृत भनिएका ती व्यक्ति सीमान्चक मलिकलाई अस्पतालमा पुर्याए । अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सकले भारतीय मिडियालाई बताएका छन् ।

शनिबार जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृत भएको भन्दै घाटमा पुर्याएका थिए । उनलाई ज्वरो आएका कारण उनी बेहोस भएको चिकित्सकहरुले बताएका छन् ।





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार ७:२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया