विद्यार्थीसँगै प्राथमिक शिक्षा लिइरहेछ लंगुर

एजेन्सी– आन्ध्र प्रदेशको एउटा सरकारी स्कुल बन्द हुने अवस्थामा पुगेको थियो । त्यहाँ विद्यार्थीहरु स्कुल नै जाँदैनथे । तर, एकदिन अचानक एउटा जंगलबाट तीन लंगुर स्कुलमा आए । 

अब यी लंगुर दैनिक स्कुल आउन थाले । त्यसपछि त विद्यार्थीहरु पनि दैनिक स्कुल आउन थाले । लंगुरलाई पनि विद्यालयले आफ्नो विद्यार्थी जस्तै गरेको छ । उसको पनि हाजिरी लिन थालिएको छ । 

तर, सुरुमा आएका तीन लंगुरमध्ये दुईको चाहिँ मृत्यु भइसक्यो । अब बाँकी रहेको एउटा लंगुर चाहिँ विद्यार्थीहरुसँगै बस्छ, पढ्छ र खाजा खान्छ । त्यहाँको स्कुलका हेडमास्टरले भनेका छन्, ‘यो लंगुरले सुरु देखि नै हाजिरी गरिरहेको छ, विहान प्रार्थना पनि गरिरहेको छ ।’ उसका लागि खानाको व्यवस्था चाहिँ स्कुल नै गरेको छ । 





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार २:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया