तमिलनाडुमा भेटियो सात टाउके नागको काँचुली

एजेन्सी– भारतको तमिलनाडुको बेंगलुरुबाट करिब ६० किलोमिटर टाढा डोड्डी गाउँमा सात टाउके नागको काँचुली भेटिएको छ । यसलाई हेर्न उक्त स्थानमा निकै ठूलो भीड लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मानिसहरुले त्यहाँ सात टाउके नाग त देखेनन् तर उनीहरुले काँचुली देखेर नै निकै आश्चर्य जनाइरहेका छन् ।

त्यो ठाउँमा सात टाउको वाला नागको काँचुली भेटेपछि निकै धेरै मानिस त्यहाँ पुगेका छन् । त्यहाँको मन्दिरका एक पुजारीले यो काँचुली देखेका थिए । उनले काँचुली देखेपछि नियालेर हेर्दा केही पर सात वटा टाउको छुटिएको काँचुली भेटेका थिए ।

मन्दिर वरपर सफाइ गर्दा त्यो काँचुली भेटिएकाले पनि त्यसलाई दैवीशक्ति मानिएको छ । त्यो मन्दिर शक्तिशाली भएको कुरा यसले पनि प्रमाणित गरेको त्यहाँका व्यक्तिहरुले दाबी गर्न थालेका छन् । 





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार ०:४०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया