साढे चार अंक बढेको बजारमा सवा तीन अर्बको कारोबार


साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ४ दशमलव २९ अंकले बढेर बन्द भएको बजारमा  ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ९० अंक बढेर ३१० दशमलव ४७ विन्दुमा पुगेको छ ।आइतवार १९१ ओटा कम्पनीको १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता सेयर खरीदविक्री भएको छ । विस्तारै पर्यटन क्षेत्र चलायमान भएसँगै आइतबार होटल समूहको परिसूचक बढेको छ ।

कारोबारमा आएका १२ समूहमध्ये होटल समूहको परिसूचक सर्वाधिक २ दशमलव ९८ प्रतिशतले बढेको छ । आइतबार होटलसँगै वित्त समूहको परिसूचक पनि १ दशमलव ५४ अंकले बढेको छ । त्यस्तै, बैंकिङको १ दशमलव १ प्रतिशत, विकास बैंकको शून्य दशमलव ७१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २६ प्रतिशत परिसूचक बढेको छ । 

आइतवार घट्नेमा उत्पादन तथा प्रशोधन, जलविद्युत, निर्जीवन बिमा, व्यापारिक, अन्य तथा लघुवित्त समूह रहेको छ । प्रशोधन समूहको १ दशमलव ४७ प्रतिशतले घटेको दिन जलविद्युतको १ दशमलव शून्य १ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९१ प्रतिशत, व्यापारिकको शून्य दशमलव १८ प्रतिशत घटेको हो । त्यस्तै, अन्यको शून्य दशमलव १५ प्रतिशत, लघुवित्तको शून्य दशमलव २६ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८६ प्रतिशत परिसूचक घटेको हो ।

यो दिन सर्वाधिक रकमको कारोबार गर्नेमध्ये अग्रस्थानमा सोल्टी होटल लिमिटेड रहेको छ । सोल्टी होटलको ४८ करोड ५६ लाख ५१ हजार बराबरको सेयर कारोबार भएको छ । १० कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको आइतवार युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य भने सर्वाधिक ७ दशमलव ११ प्रतिशतले घटेको छ । आइतबार कम्पनीले लाभांश दिने निर्णय सार्वजनिक गरेसँगै सेयरमूल्यमा उच्च गिरावट आएको हो । 

आइतवार उक्त कम्पनीको अन्तिम सेयरमूल्य रू.१८ हजार २५ कायम भएको छ । यस दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता रू.१ हजार ३७९ ले घटेको हो । गत वर्ष प्रतिसेयर रू.७७० कोे दरमा लाभांश दिएको कम्पनीले यो वर्ष १ सय रुपैयाँमात्र लाभांश कम दिएको हो ।





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १६:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया