डेपुटी गभर्नरसहित राष्ट्र बैंकका ३१ जनामा कोरोना पुष्टि

डेपुटी गभर्नरसहित नेपाल राष्ट्र बैंकका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

केही दिनअघि कर्मचारीमा कोरोना देखिएपछि डेपुटी गभर्नर श्रेष्ठको स्वाव परीक्षण गरिएको थियो । गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।  

कोरोना पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा छन् । उनका परिवारका अन्य सदस्यलाई भने हालसम्म संक्रमण देखिएको छैन । 

राष्ट्र बैंक केन्द्रीय कार्यालय विभिन्न विभाग, महाशाखा तथा प्रदेश कार्यालयका ३१ जना कर्मचारी र उनीहरुका आफन्त ३४ जना गरी ६५ जनामा कोरोना पुष्टि भएको छ । 





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १६:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया