सुपर आँखुखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन् ।

कुल २५ दशमलव ४ मेगावाट क्षमताको सो आयोजनामा ऋण लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा हस्ताक्षर भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

आयोजनाको कुल लागत ४ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । सोमध्ये रू.३ अर्ब ४२ करोड रकम ऋण लगानी हुनेछ । आयोजना गोरक्ष हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो ।

आयोजनामा प्रभु बैंकले १ अर्ब ८२ करोड, सञ्चय कोषले ८५ करोड र कृषि विकास बैंकले ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौतामा उल्लेख छ । आयोजनामा कुल लागतको २५ प्रतिशत अर्थात् रू.१ अर्ब १४ करोड भने लगानीकर्ता कम्पनी र सर्वसाधारणमार्फत उठाउने लक्ष्य राखिएको छ ।

ऋण सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख बिजनेस अधिकृत रेनुप्रसाद पाण्डेय, कर्मचारी सञ्चय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुनकुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल तथा गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक रघुनाथ पुरीले हस्ताक्षर गरेको आइतवार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।  

आयोजनाले सुख्खायाममा ४१ दशमलव ६३ गिगावाट घण्टा र वर्षायाममा ९६ दशमलव ६३ गिगावाट घण्टा गरी कुल वार्षिक १३८ दशमलव २६ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीद सम्बन्धी द्विपक्षीय सम्झौता हस्ताक्षर भइसकेको छ ।





  • प्रकाशित मिति : असोज ११, २०७७ आइतबार १७:५१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया