पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्ताव गरेका छन् । जनता समाजवादी पार्टीका नेतासमेत रहेका भट्टराईले टिवटरमार्फ यस्तो प्रस्ताव गरेका हुन् ।
कञ्चनपुरकी निर्मला पन्त र बझाङकी बालिका सम्झना बिकको बलात्कारपछि हत्या भएको घटनाका सन्दर्भमा लेख्दै उनले जुनसुकै शासन व्यवस्था आए पनि बलात्कार जस्तो जघन्य घटना नरोकिएकोले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानुन ल्याउन प्रस्ताव गरेका हुन् ।
उनले लेखेका छन्, ‘राजतन्त्रकालका नमिता–सुनितादेखि गणतन्त्रकालका निर्मला पन्त–सम्झना विकसम्मको बलात्कार–हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसक्यो ।’ अपराधी नपक्रने–मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारबाही जरुरी रहेको भन्दै उनले भनेका छन्, ‘अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अपराधीलाई मृत्युदण्डको व्यवस्था गरौँ ।’
राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो।अब यसो गरौं:१.अपराधी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही;२.अदालतमा छुट्टै बेन्चको स्थापना;३.अपराधीलाई मृत्युदण्ड!
— Baburam Bhattarai (@brb1954) September 27, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।