कोरोनाले विदेशमा अलपत्र ८० हजार नेपाली फर्किए, सबैभन्दा कम श्रीलंकाबाट
फाइल फोटो

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका ८० हजार नेपाली स्वदेश फर्किएका छन् । शनिबारसम्म विभिन्न ३२ देशबाट गरी ८०, ०१६ जना नेपाली नेपाल फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)ले जानकारी दिएको छ ।  

सिसीएमसीका अनुसार सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ जना फर्किएका छन् ।  साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट आठ हजार ४७८, जापानबाट एक हजार ७५४, दक्षिण कोरियाबाट एक हजार ४४७ र ओमनबाट १ हजार ३२५, जना नेपाल फर्किएका हुन् । 

त्यसैगरी  बहराइनबाट  १ हजार २७४, अस्ट्रेलियाबाट १ हजार ९१, टर्कीबाट ९३६, बङ्गलादेशबाट ८८८, माल्दिभ्सबाट ८५३, सिङ्गापुरबाट ५५५,  अमेरिकाबाट ४३०, चीनबाट ३३३ र जोर्डनबाट ३१७ नेपाली स्वदेश फर्केका हुन् । 

सबैभन्दा कम श्रीलंकाबाट ५ जना फर्किएका छन् ।  यो संख्या हवाई जहाजमार्फत फर्किनेको हो । 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार ९:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया