सुनचाँदीकै मूल्य स्थीर

गत साता निरन्तर ओरालो लागेको सुन यो साताको दोस्रो दिन स्थीर बनेको छ । गत साताको अन्तिम दिन शुक्रबार ९३ हजार ९ सयमा कारोबार भएको सुन आइतबार ६ सयले घटेर ९३ हजार ३ सय कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको सोही मूल्य सोमबार पनि कायम भएको छ । छापावल सुनको मूल्य स्थीर रहँदा तेजाबी सुन तोला पनि कुनै परिवर्तन भएको छैन ।

सोमबार तेजाबी सुन तोलाको ९२ हजार ८ सयमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि अघिल्लो दिनकै १ हजार १५० रुपैयाँ प्रतितोला तोकिएको छ ।





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार ११:५८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया