घटस्थापनादेखि नै खसीबोका विक्री गर्ने खाद्यको तयारी

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी दशैँका लागि खसीबोका तथा च्याङ्‍ग्रा किन्ने तयारी थालेको छ । घटस्थापनाभित्रै काठमाडौँमा च्याङ्‍ग्रा र खसीबोका ल्याउने गरी तयारी थालेको कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन् । त्यसका लागि कम्पनीले ढुवानी प्रस्ताव आह्वान गरिसकेको उनले बताइन् ।

तत्काल एक हजार च्याङ्ग्रा ढुवानीका लागि प्रस्ताव गरिएको र मागका आधारमा संख्या तलमाथि गर्न सकिने उनको भनाइ छ । खसीबोका भने अघिल्ला वर्षमा जस्तै दाङको तुलसीपुर र मकवानपुरको हेटौंडाबाट ल्याउने तयारी भइरहेको उनले जानकारी दिइन् ।

दशैँलाई लक्षित गरेर कम्पनीले काठमाडौँमा हरेक वर्ष प्रचलित मूल्यभन्दा केही छुट दिएर खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १३:२६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया