विराटनगरमा निजी अस्पतालले सुरु गर्यो कोरोना परीक्षण


विराटनगरमा पहिलोपटक निजी अस्पतालले पनि कोभिड १९ (कोरोना)को परीक्षण सुरु गरेका छन् । 

लक्षणसहितका कोरोना संक्रमितको उपचार गर्दै आएको विराटनगरको न्युरो अस्पतालले पिसिआर प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको जानकारी दिएको छ ।

नेपाल सरकारको अनुमतिमा प्रदेशमै पहिलोपटक निजी स्तरको अत्याधुनिक ल्याबबाट कोरोना परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ । न्युरो हस्पिटलद्वारा सञ्चालित कोभिड अस्पतालमा आरटी पिसिआर ल्याब सञ्चालनमा आएको हो । 

अस्पतालको ल्याबमा दैनिक हजारभन्दा धेरै नमुना परीक्षण गर्न सकिने बताइएको छ । अस्पतालले सामाजिक विकास मन्त्रालयसँग सम्झौता गरी लक्षणसहितका कोरोना संक्रमितको उपचारको व्यवस्थासमेत मिलाएको छ ।





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १३:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया