सभापति देउवाविरुद्ध पौडेल समूहद्वारा विरोधपत्र दर्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले सभापति शेरबहादुर देउवाविरुद्ध विरोधपत्र दर्ता गराएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा सोमबार विरोधपत्र दर्ता गराइएको हो । केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीले सभापति देउवाले पछिल्लो समय गरेका निर्णय सच्याउन माग गर्दै विरोधपत्र दर्ता गराएका हुन् । यसअघि हिजै विरोधपत्र दर्ता गराउने भनिए पनि स्थगित गरिएको थियो । 

पौडेल समूहका केन्द्रीय सदस्य जोशीले आइतबारका लागि तय भएको विरोधपत्र दर्ता कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएपछि आज (सोमबार) दर्ता गरिएको जानकारी दिए ।

सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोप लगाउँदै पछिल्लो समयमा गरिएको निर्णय सच्याउनुपर्ने माग राखेर पौडेल समूहले विरोधपत्र दर्ता गराएको हो ।

पौडेल समूहको शनिबार (अस्ति) बसुन्धरामा सम्पन्‍न गुटको भेलाले सभापति देउवलाई पछिल्ला निर्णयहरु सच्याउनका लागि दबाब दिन हस्ताक्षरसहितको विरोधपत्र बुझाउने निष्कर्ष निकालेको थियो । ९ पृष्ठ लामो विधरोध पत्रमा रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको छ ।





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १४:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया