बढ्यो विदेशी मुद्राको सञ्चिति

चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी मुद्राको सञ्चिति ५ वर्षयताकै उच्च देखिएको छ । साउन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिबाट करिब १५  महिनाको वस्तु तथा सेवा आयात गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तमा भने १४ खर्ब १ अर्ब ८४ करोड बराबर कुल विदेशी विनिमय सञ्चिति थियो । पछिल्लो एक महिनाको अवधिमा करिब ३५ अर्ब रुपैयाँ बढेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ६० अर्ब ३८ करोड रुपैयाँ छ, बाँकी १ खर्ब ७६ अर्ब ३६ करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थामा रहेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति साउन मसान्तमा १२ अर्ब २ करोड रहेको छ । २०७७ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ प्रतिशत रहेको छ ।





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १४:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया