नेप्सेसँगै काराेबार रकम पनि घट्यो


आइतबार सामान्य बढेको सेयर बजार सोमवार ४ दशमलव ७३ अंक घटेर बन्द भएको छ । आइतवार ४ दशमलव २९ अंक बढेर बजार १ हजार ५६५ दशमलव ५६ विन्दुमा बन्द भएको थियो । 

यस दिन सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ८७ अंक घटेर ३०९ दशमलव ६० विन्दुमा पुगेको छ । सोमवार कारोबारको एक घण्टाको अवधिसम्म बढेको बजार त्यसपछि भने घटेको हो । 

बुधवारदेखि बढेको बजारबाट सोमवार भने लगानीकर्ताले नाफा बुक गर्दा बजार घटेको हो । यस दिन कारोबार रकम पनि आइतवारको भन्दा कम भएको छ । सोमवार १ अर्ब ६९ करोड १ लाख ५४ हजार रुपैयाँ बराबरको ६९ लाख ९७ हजार ४२० कित्ता सेयर कारोबार भएको छ । आइतवार ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार बराबरको सेयर खरीदविक्री भएको थियो ।

सोमवार १२ ओटा समूहगत परिसूचकमा वित्त समूहको १ दशमलव ४९ प्रतिशत र विकास बैंकको शून्य दशमलव १२ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन व्यापारिक समुहको सर्वाधिक १ दशमलव ३५ प्रतिशतले परिसूचक घटेको हो ।

त्यस्तै, होटल समूहको १ दशमलव शून्य ९ प्रतिशत, जलविद्युतको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६३ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६५ प्रतिशत, अन्यको शून्य दशमलव शून्य १ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४८ प्रतिशत परिसूचक घटेको हो ।

सोमवार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक रकमको सेयर कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ३२ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै दोस्रोमा सर्वाधिक रकमको सेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको सोमवार ६ करोड ४० लाख ३३ हजार बराबरको सेयर कारोबार भएको हो ।



यस दिन नेपाल फाइनान्सको सेयरमूल्य ९ दशमलव ६३ प्रतिशत र सेन्ट्रल फाइनान्सको सेयरमूल्य ८ दशमलव ११ प्रतिशत बढेको हो । 

यो दिन पाँचथर पावरको सेयरमूल्य सर्वाधिक ५ दशमव १७ प्रतिशतले घटेको छ । सर्वाधिक प्रतिशतले घटेको उक्त कम्पनीको अन्तिम सेयरमूल्य रू.१६५ कायम भएको हो । सोमवार पाँचथर पावरको सेयरमूल्य प्रतिकित्ता ९ रूपैयाँले घटेको हो ।
 



  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १६:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया