पिसिएएफको सञ्चालक समितिमा एनएमबि बैंक


एनएमबि बैंक ’नेट जिरो एसेट ओनर एलाइन्स (एओए) सँगको सहकार्यमा कार्वन लेखा वित्तीय साझेदार (पिसिएएफ) को सञ्चालक समितिमा नियुक्त भएको छ । एनएमबि एओएको प्रतिनिधिका रुपमा सञ्चालक समिति सदस्यका रुपमा नियुक्त भएको बताइएको छ ।

पिसिएएफ वित्तीय संस्थाको विश्वव्यापी साझेदारी हो । यसले उनीहरूको कर्जा तथा लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जिएचजी) उत्सर्जनको आकलन र खुलासा गर्न सहकार्य गर्छन् । ​

पिसिएएफ कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्ने उद्योगको नेतृत्वमा संस्थागत सम्पत्तिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गठबन्धनसँग मिलेर काम गर्छ । 

पिसिएएफ द्रुत गतिमा विकसित हुँदै छ । गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियनभन्दा बढी सम्पत्ति थियो । ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ । अहिले यसको सम्पत्ति १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ ।
 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १६:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया