लमजुङमा महामारीका वेला विद्यालय सञ्चालन गरे कारबाही गर्ने प्रजिअको चेतावनी

लमजुङ जिल्ला प्रशासनले कोरोना महामारीका वेला विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिकाविपरीत सामुदायिक तथा संस्थागत विद्यालयले भौतिक रूपमा नै विद्यार्थी उपस्थित गराएर पठनपाठन सुरु गरेपछि जिप्रकाले विद्यालय सञ्चालनमा रोक लगाएको हो ।

शिक्षा मन्त्रालयले कोरोना महामारीबीच के गर्ने भनेर विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको थियो । जसअनुसार भौतिक रुपमा विद्यार्थी उपस्थित गराउन नपाउने व्यवस्था थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आइतबार एक सूचना निकालेर अर्को सूचना नआउँदासम्म शैक्षिक संस्था सञ्चालन गर्न निर्देशन दिँदै निर्देशन नमान्ने विद्यालयलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । 

 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १६:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया