कोरोनाशून्य जिल्ला बन्यो इलाम

कोरोना सङ्क्रमण महामारीपछि पहिलोपटक इलाम कोरोनाशून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो ।

जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पिसिआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्योदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एकजनामा सङ्क्रमण पुष्टि भएको थियो । 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १६:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया