सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा

सरकारले सशस्त्र प्रहरीका गोताखोरलाई १० लाखको बिमा गर्ने भएको छ । गत असोज ८ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । 

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार उनीहरुलाई काममा खटेका दिनका लागि प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने निर्णय भएको छ । 

पत्रकार सम्मेलनमार्फत सरकारका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘गोताखोरलाई १० लाखको बिमा गर्ने र प्रोत्साहन भत्ताबापत काममा खटिएको दिन तीन सयका दरले भत्ता दिने निर्णय भएको छ ।’





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १६:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया