सहुलियतको प्याजमा उपभोक्ताको भिड

खाद्य व्यवस्थापन तथा बजार कम्पनीले उपभोक्तालाई ६० रुपैयाँ किलोमा प्याज विक्री गर्दै आएको छ । कम्पनीले बजार मूल्यभन्दा आधा सस्तोमा प्याज बेच्न थालेसँगै उपभोक्ताको थेगिनसक्नु भिड बढेको छ ।

विक्री सुरु गरेको दुई दिनमै ४६ क्विन्टल प्याज बिक्री गरेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन् । कम्पनीले प्रतिग्राहक तीन किलोका दरले प्याज विक्री गरेको उनको भनाइ छ ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको भाउ आकासिएको थियो । ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको प्याजको मूल्य बृद्धि भई १४० रुपैयाँसम्म पुगेको थियो । 

व्यापारीले आफूले सस्तोमा खरिद गरेको प्याज बढी मूल्यमा बिक्री गर्न थालेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा मन्त्रालयले १२ हजार किलो प्याज जफत गरेको थियो ।

जफत गरिएको प्याज मन्त्रालयले खाद्य ब्यवस्था तथा बजार कम्पनीलाई बिक्रीको जिम्मा लगाएको हो । सोही जिम्मेवारी अनुसार कम्पनीले शुक्रवारदेखि प्याज बिक्री सुरु गरेको हो ।

कम्पनीले दुई दिनमा ४६ क्विन्टल प्याज बेचेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन् । कम्पनीमा प्याज किन्ने उपभोक्ताको भिडले कोभिड फैलिने डर बढेको न्यौपानेको भनाइ छ । ‘उपभोक्ता सचेत छैनन्,’ शर्मिला भन्छिन्, ‘सुरक्षा अपनाउँदैनन्, सामाजिक दुरी कायममा पनि ध्यान पुर्याउँदैनन् । 



कोभिडका कारण प्याज विक्रीमा चुनौती खडा गरेको उनको भनाइ छ । ब्यवस्थापन गर्नेबारे आन्तरिक तयारी गरिरहेकाे उनले जानकारी दिइन् । मन्त्रालयले बजार अनुगमन तीब्र बनाएपछि अहिले प्याजको मूल्यमा केही गिरावट आएको छ । 




 

  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १६:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया