पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै थप १३५१ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार संखुवासभाका १, सुनसरीका २०, धनुषाका २२, पर्साका ७, बाराका ३, महोत्तरीका २५, रौतहटका १, सप्तरीका १०, सर्लाहीका ६, सिरहाका ५५ जना रहेका छन भने काठमाडौँका ६४९, काभ्रेका १०, चितवनका १७, दोलखाका १, धादिङका ११, नुवाकोटका ३, भक्तपुरका ३६, मकवानपुरका ४०, ललितपुरका १३२, सिन्धुपाल्चोकका ७, सिन्धुलीका ४, कास्कीका ४, गोरखाका ३ र तनहुँका १७ जनामा कोरोना पुष्टि भएको छ ।

इलामका २, ओखलढुङगाका १, खोटाङका २, झापाका २, तेह्रथुमका २, पाँचथरका १, भोजपुरका २, मोरङका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, नवलपरासीपूर्वका २०, पर्वतका ३, लमजुङका ७, बागलुङका १, स्याङ्जाका ३, अर्घाखाँचीका १, कपिलवस्तुका ५, गुल्मीका ५, दाङका २, नवलपरासीका ५, प्यूठानका १, बर्दियाका २, बाँकेका १६, रुपन्देहीका २०, कालिकोटका २, जाजरकोटका २, दैलेखका २, सल्यानका २, सुर्खेतका २९, अछामका १३, कैलालीका ५०, बझाङका १४ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ। मन्त्रालयका अनुसार सोमबार ७४२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १७:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया