थपियो पुनर्कर्जाका लागि आवेदन दिने समय

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन दिने समय थप गरेको छ ।

सोमवार एक सूचना प्रकाशित गरी केन्द्रीय बैंकले पुनर्कर्जाका लागि आवेदन दिने समयावधि असोज ३० गतेसम्म थप गरेको हो । यसअघि पुनर्कर्जाका लागि असोज १४ गतेसम्म आवेदन पेश गर्ने समय तोकिएको थियो ।

कोरोना महामारीका कारण सिर्जित लकडाउन, निषेधाज्ञा लगायतका कारण अवरोध सिर्जना भएको र समयावधि थप्न विभिन्न निकायबाट माग भएबमोजिम आवेदन दिने समयावधि थप गरिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ । 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १७:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया