चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

रत्ननगर नगरपालिका ६ बछौलीकी ५५ वर्षीया बभना चौधरीलाई घाँस काट्न गएका वेला बाघले आक्रमण गरेको हो । 

उनलाई खैरहनी नगरपालिका १३ कुमरोज सामुदायिक बनमा बिहान करिव ९ बजेतिर बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकोे छ । 

घास काट्न जाँदा बाघले आक्रमण गरी जंगलतर्फ लगेको भन्ने सूचना पाएपछि प्रहरीले खोजी गर्दा सोही स्थानको घाँसेमैदानमा उनी मृत फेला परेकी थिइन् ।  

यसअघि असोज १० गते पनि घाँस काट्न गएका वेला भरतपुर १३ का ६३ वर्षीय पुरुष बाघको आक्रमणमा परेका थिए । 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार १९:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया