करार कर्मचारीले गाउँपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी गरे

सल्यानको छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिदिएका छन् । 

आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ । 
     
करार कर्मचारी सङ्घर्ष समितिले आफ्ना मागको सुनुवाइ गर्नका लागि पटक–पटक सम्बन्धित निकायसमक्ष कुरा पुर्याएको तर ती निकायबाट मागको सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको जनाएको छ । 

गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्त गरिएकोले नहटाउने जानकारी दिए ।
 





  • प्रकाशित मिति : असोज १२, २०७७ साेमबार २१:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया