पोखरा रंगशालाको निर्माणकार्य अन्तिम चरणमा

पोखरा रंगशालाको भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ । १ अर्ब २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । 

पोखरा रंगशाला नेपालकै ठूलो रंगशाला हुने बताइएको छ । पछिल्लो समय निर्माण सामग्रीको अभावमा केही काम  रोकिए पनि समग्र कार्य प्रगति सन्तोषजनक रहेको पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारले  बताए । 

भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पिई बिल्डिङको निर्माण कार्य रोकिएको उनको भनाइ छ । स्टेडियमको पश्चिमतर्फ भिआइपी सिटको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उनले बताए । ​

चेन्जिङ रुम, मिडिया सेन्टर लगायतको काम सकिएको बताउँदै उनले अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको जानकारी दिए । स्टेडियमको चारैतिरको पिच निर्माणधिन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् । ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ । मंसिरमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेल यही पोखरा रंगशालामा भएका थिए । 


 





  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १४:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया