डा. केसीको समर्थनमा दीप प्रज्ज्वलन

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १६ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा दीप प्रज्ज्वलन गरिएको छ । 

मंगलबार त्रिवि शिक्षण अस्पतालको परिसरमा डा. केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सक, इन्टर्न डाक्टर र एमबिबिएस अध्ययनरत विद्यार्थीहरुले दीप प्रज्ज्वलन गरेका हुन् । 

समर्थकहरुले डा. केसीको जीवन रक्षा र सांकेतिक रुपमा सरकारको खोजी गर्न दीप प्रज्ज्वलन गरेको बताएका छन् । 

डा. केसी ६ बुँदे मागसहित भदौ २९ देखि सत्याग्रहमा छन् । यो उनको १९औँ सत्याग्रह हो । 

 



 



  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार २१:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया