टाइब्रेकरमा चेल्सीलाई पराजित गर्दै टोटनह्याम क्वाटरफाइनलमा

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि  टोटनह्यामले चेल्सीमाथि टाइब्रेकरमा जित दर्ता गरेको छ । यो जितसँगै टोटनह्यम लिग कप (आइएफएल कप) अर्थात् काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

मंगलबार रातिको खेलमा पछि परेको घरेलु टोली टोटनह्यामले टाइब्रेकरमा फाइदा उठाएको हो । 

रोचक बनेको खेलको १९ औँ मिनेटमा गोल गर्दै तिमो वेर्नरले चेल्सीलाई अग्रता दिलाएका थिए । खेल सकिन सात मिनेट बाँकी हुँदा टोटनह्यामले बराबरी गोल गरेको हो । खेलको ८३ औं मिनेटमा टोटनह्यामका लागि एरिक लामेलाले बराबरी गोल गरे । 

निर्धारित ९० मिनेटको खेल बराबरीमा टुंगिएपछि यसको निर्णय टाइब्रेकमार भएको हो । टाइब्रेकरमा टोटनह्याम ५–४ ले विजयी भयो । चेल्सीका म्यासन माउन पेनाल्टीमा चुक्दा टाइब्रेकरबाट टोटनह्यामले क्वाटरफाइनल यात्रा तय गरेको हो ।
 





  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार ६:५०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया