आन्तरिक उडानको कोटा वृद्धि

बिहीबारबाट लागू हुने गरी आन्तरिक हवाई उडानको कोटा वृद्धि हुने भएको  छ । नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालिका दिएको थियो ।

पछिल्लो समय हवाई यात्रुको बढ्दो चापका कारण प्राधिकरणले कम्पनीलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ वटा उडान गर्न पाउनेछ ।

यसअघि दैनिक १८ वटा उडानको अनुमति बुद्ध एयरलाई दिइएको थियो । अब यति एयरलाइन्सले दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ । यसअघि उसलाई ११ वटा उडानको अनुमति थियो ।

प्राधिकरण स्रोतका अनुसार श्री एयरले भने दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो ।

प्राधिकरणले सिम्रिक र सौर्यलाई २\२ उडानको अनुमति दिएको छ । यसअघि यी दुई एयरलाइन्सलाई एक÷एक उडानको अनुमति दिइएको थियो ।

दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् । यसअघि यी कम्पनीले तीन÷तीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालिका प्राप्त गरेका थिए ।



प्राधिकरणका अनुसार यो तालिका अक्टोवर महिनाभर लागू हुनेछ । अहिले हवाई उडानका ९० प्रतिशतभन्दा बढी सिट भरिएका छन् ।
 



  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार १३:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया