शैक्षिक कन्सल्टेन्सी एजुकेसन प्लानेटले असोज १६ गते शुक्रबार भर्चुअल अष्ट्रेलियन एजुकेसन मेला सञ्चालन गर्ने भएको छ । तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै प्लानेटले भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो ।
मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुने बताइएको छ ।
अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजको सहभागिता रहने मेलामा नेपाललगायत विभिन्न देशबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थी सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए ।
उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन् ।
मेलाबाट विद्यार्थीले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ति, निःशुल्क आवेदन तथा अन्य बिशेष छुट प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए ।
कोरोना महामारीको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विद्यार्थीले अष्ट्रेलियामा अध्ययन गर्न जाने बारे सबै जानकारी दिन र जिज्ञासाको समाधान गर्न प्लानेटले अनलाइन आइइएलटिएस, पिटिइ क्लासका साथै अनलाइनबाटै भिसा प्रोसेसिङ लगायतका विभिन्न सेवा दिंदै आएको छ ।
यसका साथै नेपाल सरकार तथा अन्तराष्ट्रिय स्वस्थ्य संगठनबाट जारी गरिएका कोभिड १९ सम्वन्धी सुरक्षा मापदण्डको पुर्ण पालना गरी सेवा प्रदान गर्दै आएको कम्पनीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।