'केसीको एजेण्डा 'समाजवाद उन्मुख' सरकारको राज्य सञ्चालनको मुटु हुनु पर्ने हो'

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिको अन्त्य गर्न माग गर्दै अनशनरत गोविन्द केसीलाई भेटेका छन् । १७ दिनदेखि अनशनरत केसीलाई भेटेपछि सामाजिक सञ्जाल ट्विटरमा उनले केसीको मागप्रति सरकारले बेवास्ता गर्नु असंवेदनशीलताको पराकाष्ठा भएको प्रतिक्रिया दिएका छन् ।

सरकारले हालसम्म पनि केसीको अनसनबारे कुनै प्रतिक्रिया दिएको छैन ।

 उनले ट्विटमा भनेका छन्,  ‘असंवेदनशीलताको पराकाष्ठा ! यो देशका विपन्न र असहायका लागि १९औं पटक अनशन बसेको डा गोविन्द केसीको अनशनको आज १७औं दिन हो । सरकारले अझै वार्ता समितिसम्म बनाएको छैन ।

जबकि, डा केसीका एजेण्डा ’समाजवाद-उन्मुख’ सरकार र विपक्षीको राज्य संचालनको ‘मुटु’ नै हुनु पर्ने हो ।





  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार १७:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया