भारतले परीक्षण गर्‍यो नयाँ ब्रह्मोस मिसाइल

भारतले जमिनबाट जमिनमा प्रहार गर्ने सुपरसोनिक क्रूज मिसाइलको सफल परीक्षण गरेको छ । बुधबार ब्रह्मोस नामको मिसाइल नयाँ संस्करणको  सफल परीक्षण गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिएका छन् । 

यस मिसाइलको रेन्ज ४ सय किलोमिटर रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्वदेशी प्रविधिकै प्रयोग गरेर ब्रह्मोस मिसाइलको नयाँ संस्करण निर्माण गरेको मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यसअघि यस मिसाइलको क्षमता २९० किलो मिटर दूरीसम्मको थियो। 
 
भारतीय सञ्चार माध्यमका अनुसार भारतले यसअघि नै केही ब्रह्मोस मिसाइल चीनसँग सीमा जोडिएका लद्धाख र अरुणाञ्चल प्रदेशमा तैनाथ गरेको छ । 





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १३:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया