रोटरी क्लब अफ रिजन– ७ को पहलमा भद्रपुरस्थित मेची अस्पताललाई एक थान पिसिआर परीक्षण मेसिन हस्तान्तरण गरिएको छ ।
रोटरी क्लब भद्रपुरको संयोजनमा आयोजित कार्यक्रमबीच स्वचालित तीव्र परीक्षण सामर्थ्यको पिसिआर परीक्षण मेसिन हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पीताम्बर ठाकुरले छिटो रिर्पोट दिन सक्ने यस मेसिनका कारण रोग पहिचान गर्न र रोगीको उपचारमा सहयोग हुने प्रतिक्रिया दिए ।
रोटरी क्लब भद्रपुरका अध्यक्ष आदित्य पराजुलीले रोटरीद्वारा प्रदान गरिएको सो मेसिनले दुई घण्टामै रोगको पहिचान विवरण दिन सक्ने बताए ।
हाल सञ्चालनमा रहेको पिसिआर मेसिनबाट रोग संक्रमण पहिचान विवरण आउन १२ घण्टासम्म पर्खनुपर्ने अवस्था छ भने सहयोग प्राप्त मेसिनले दुई घण्टामा नै रिपोर्ट दिन सक्ने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।