हाडजोर्नी रोग विशेषज्ञ डाक्टरको कोरोनाबाट मृत्यु

बाँकेमा हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बूका अनुसार भेरी अस्पताल नेपालगन्जमा दरबन्दी भए पनि क्षेत्रीय अस्पताल सुर्खेतमा काजमा रहेका डाक्टरको बिहीबार दिउँसो कोरोनाबाट निधन भएको हो ।

भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहेका बेला दिउँसो पौने तीन बजेतिर उनको निधन भएको हो । योसँगै एकैदिन बिहीबार कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १७:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया