साझा पार्टीले गठन गर्यो ‘साझा ज्येष्ठ नागरिक संगठन’

‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को अवसर पारेर साझा पार्टीले ‘साझा ज्येष्ठ नागरिक संगठन’ केन्द्रीय तदर्थ समिति घोषणा गरेको छ । १५ सदस्यीय समितिको संयोजकमा महेन श्रेष्ठ र महासचिवमा चक्र न्यौपानेलाई नियुक्त गरिएको छ । 

संयुक्त राष्ट्र संघले सन् १९९० मा अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक दिवस घोषणा गरेको थियो । त्यसपछि यो दिनलाई ज्येष्ठ नागरिक दिवसको रूपमा विश्वभर मनाइन्छ ।

नेपालका ज्येष्ठ नागरिकहरूको हकहित, स्वास्थ्य र सामाजिक सुरक्षा सुनिश्चित गर्ने पार्टीको लक्ष्यअनुसार तदर्थ समिति गठन गरिएको साझाले जनाएको छ । 
 
तदर्थ समितिका अन्य सदस्यमा कृष्णा ताम्राकार, प्रा.डा. जगन्नाथ श्रेष्ठ, विनय शर्मा, चक्र न्यौपाने, कीर्ति तुलाधार, विकल शेरचन, जगदीश्वर यादव, टीकाप्रसाद विमली, डा. बोधप्रसाद पराजुली, घनबहादुर शाह, केवलमान श्रेष्ठ, बलराम सापकोटा, देवीदत्त ज्ञवाली र तारा ढुंगाना रहेका छन् ।





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १७:१९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया