रामहरि श्रेष्ठको हत्या आरोपीलाई सफाइ दिने फैसला पुनरावलोकन हुने

सर्वोच्च अदालतले व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपीलाई सफाइ दिने फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ । श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवन लगेर हत्या गरिएको थियो ।

कोटेश्वरका व्यापारी श्रेष्ठको हत्या गरेको आरोपमा तत्कालीन माओवादीका नेता गोविन्द बटालाविरुद्ध मुद्दा परेको थियो । गत फागुनमा सो मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई सफाइ दिएको थियो । 

उनलाई दिइएको सफाइको फैसलाविरुद्ध सरकारले ०७७ भदौमा फैसला पुनरावलोकनका लागि रिट दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले बटालालाई सफाइ दिने फैसला पुनरावलोकनको अनुमति दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र  मनोजकुमार शर्माको बिहीबारको इजलासले फैसला पुनरावलोकनका लागि अनुमति दिएको हो ।

यसअघि फागुनमा न्यायाधीशहरू तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले बटालालाई सफाइ दिएको थियो । 





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १८:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया