पिसिआर परीक्षणमा शुल्क नलिन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले पिसिआर परीक्षणमा शुल्क नलिन सरकारका नाममा परमादेश जारी गरेको छ । 

अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले पिसिआर परीक्षण निःशुल्क गर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले परमादेश जारी गरेको हो । 

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । 

सर्वोच्चले अन्तरिम आदेश दिने कि नदिने भन्नेबारेकै सुनुवाइमा अंग पुगेकाले अन्तिम आदेश जारी गरेको जनाएको छ । 





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १८:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया