डा. केसीको माग पूरा गरेर लोकतान्त्रिक संस्कार देखाउन सरकारलाई कांग्रेस प्रवक्ताकाे आग्रह

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीको अनशनलाई सरकारले समय सुहाउँदो नभएको भनाइप्रति आक्रोश व्यक्त गरेका छन् । प्रवक्ता शर्माले बिहीबार ट्विट गर्दै डा. केसीको अनसन समय सुहाउँदो नभए भ्रष्टाचारचैँ समय सुहाउँदो हो त ? भन्दै प्रश्न गरेका छन् ।

ट्विटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले भनेका छन्– डा. केसीको अनसन समय सुहाउँदो भएन भन्ने सरकारले लोकतान्त्रिक चरित्र सुहाउँदो व्यवहार प्रस्तुत गर्नु नपर्ने ? समय सुहाउँदोचैँ भ्रष्टाचार ? ढिलासुस्ती ? बेथिति ? अव्यवस्था ?

सरकारको कुनै लोकतान्त्रिक संस्कार नभएको आरोप लगाउँदै शर्माले डा. केसीको माग पूरा गर्न आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १९:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया