अबेरसम्म निद्रा पर्दैन ? यो फर्मूला अपनाउनुहोस्, आनन्दले सुत्नुहोस्

एजेन्सी– हामीमध्ये केहीलाई राती अबेरसम्म निद्रा नआउन पन सक्छ । दिनभर व्यस्त रहेर पनि राती फेरि थकान महसुस गर्नु र त्यसमाथि निद्रा नलाग्ने हो भने निकै धेरै समस्या आउन सक्छन्, हाम्रो स्वास्थ्यमा । वैज्ञानिकहरुका अनुसार राम्रो निद्राका लागि हाम्रो कोठाको तापक्रम २२ डिग्री हुनुपर्छ । यतिमात्र होइन, तलका केही कुरालाई ध्यान दिने हो भने हाम्रो बिग्रिएको निद्रा फिर्ता आउन सक्छः

आफ्नो बेडटाइम रुटिन बदल्नुहोस् । सुत्नुअगाडि मन तातो पानीले नुहाउनुहोस् । संगीत सुन्नुहोस् । ओच्छ्यानमा जानुभन्दा अगाडि टिभी नहेर्नुहोस्, मोबाइल नचलाउनुहोस् । कार्यालयको इमेल वा कामसम्बन्धी कुनै नोटिफिकेसन नहेर्नुहोस् ।

कफीको अम्मली हुनुहुन्छ भने दिउँसो एक बजेपछि कफी नपिउनुहोस् । यदि तपाईं ब्लड प्रेसरको औषधि लिनुहुन्छ भने चिकित्सकसँग सल्लाह गर्नुहोस्, डोज बदल्दा पनि निद्रा राम्रो आउन सक्छ ।

तपाईंलाई साथीभाइसँग बसेर मदिरा सेवन गर्न त मन हुँदो हो । तर, निद्राका लागि मदिरा दुश्मन हो, स्वास्थ्यका लागि पनि । रक्सीले निद्रालाई बिगार्ने कुरा त वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।

तपाईं जिम जानुहुन्छ वा खेलकुदमा चासो राख्नुहुन्छ भने सुत्नुभन्दा कम्तिमा पनि दुई घन्टा अगाडि नै एक्सरसाइज गर्नुहोस् ।





  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार ४:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया