कोरोनाको खोप बने पनि तत्काल जनजीवन सामान्य बन्दैन : वैज्ञानिक

वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप पत्ता लागेर प्रयोगमा आए पनि तत्काल जनजीवन सामान्य बन्न नसक्ने चेतावनी दिएका छन् ।

रोयल सोसाइटीको डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनले यस्तो चेतावनी दिएको हो । उनीहरुले अहिले नै खोप बने पनि आउँदो वसन्तसम्म  जनजीवन सामान्य नबन्ने बताएका हुन्। 

खोपका विषयमा तथ्यपरक भएर सोच्नु पर्ने र अपेक्षा पनि त्यही अनुसारको हुनु पर्ने उनीहरुको अध्ययनको निष्कर्ष छ ।

खोप बनेका समाचार सार्वजनिक भए पनि खोप तत्काल उपलब्ध नहुनेतर्फ सचेत गराउँदै उनीहरुले खोपको विकासका लागि लामो प्रक्रिया हुने बताएका छन् । 

वैज्ञानिकहरुले खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने बताएको बीबीसीले उल्लेख गरेको छ । 

खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागू गरिएका स्वास्थ्य सुरक्षाका प्रबन्धलाई विस्तारै मात्रै खुकुलो पार्न उनीहरुले सुझाव दिएका छन्। 



अहिलेसम्म विश्वभर कोरोना भाइरस (कोभिड–१९) को एक मात्र उपचार विकल्पको रुपमा खोपलाई लिइएको छ । अहिले विश्वभरका वैज्ञानिक सुरक्षित र प्रभावकारी खोपको खोजीमा छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिलेसम्म २०० भन्दा बढी खोप निर्माणको चरणमा रहेका र त्यसमध्ये ४० भन्दा बढी खोप मानवीय परीक्षणको विभिन्न चरणमा रहेका छन् । 



गत डिसेम्बर अन्तिममा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । 

अहिलेसम्म विश्वका ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको वल्डोमिटरले जनाएको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका र १० लाख २३ हजारको मृत्यु भएको छ। 

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको मृत्यु भएको छ । 

यस्तै ६३ लाख ९१ हजारमा कोरोना पुष्टि भएको भारतमा ९९ हजार ८ सय ४ जनाको ज्यान गएको छ । यसैगरी ४८ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ४४ हजारले ज्यान गुमाएका छन् । 

  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार ९:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया