हाम्रो पात्रोले ल्यायो ‘न्युज पर्सनलाइजेसन’ फिचर


‘हाम्रो पात्रो’ एपको न्युज पर्सनलाइजेसन अर्थात् आफूलाई मनपरेका विश्वसनीय समाचार स्रोतहरुलाई रोजेर समाचार पढ्न मिल्ने सुविधा फिचर बेटा भर्सनमा उपलब्ध भएको छ । कम्पनीले बिहीबार एन्ड्रोइड प्रयोगकर्ताका लागि यसको बेटा भर्सन सार्वजनिक गरेको हो ।

केही दिनमा आइफोन प्रयोगकर्ताका लागि समेत यो सुविधा समेटिएको बेटा भर्सन उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आफ्नो व्यक्तिगत रुचि तथा आवश्यकता अनुरुपका समाचार तयार पर्सनलाइज गर्न सक्ने गरी यो फिचर ल्याइएको कम्पनीको भनाइ छ ।

एपको समाचार खण्डमा ‘तपाईंको लागि’ फिचर प्रयोग गरी तपाईंले समाचार स्रोत र समाचारको वर्ग रोज्न सकिनेछ । 

‘हाम्रो पात्रो’ले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर ल्याएको थियो । हाल यो फिचर हाम्रो पात्रो एपमा सर्वाधिक रुचाइएको फिचर बनेको छ । एपमा ६० भन्दा बढी न्युज पोर्टल सूचीबद्ध रहेका छन् ।

समाचार माध्यम धेरै हुँदा प्रयोगकर्तालाई आफूले चाहजस्तै समाचार फेला पार्न कठिनाइ हुने भएकाले प्रयोगकर्ताको मागअनुरुप यस किसिमको फिचर ल्याएको हाम्रो पात्रोले जनाएको छ । 

हाल सीमित प्रयोगकर्तामाझ परीक्षणको क्रममा रहेको यो फिचर अर्को सातासम्म पब्लिक भर्सनको रुपमा सबैका लागि उपलब्ध हुने हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले जानकारी दिए ।



 



  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १३:३६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया