वामदेवको मुद्दामा बहस सकिएन, बुधबार पुनः सुनुवाइ हुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमा शुक्रबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

नेता गौतम पक्षका ५ जना अधिवक्ताले शुक्रबार बहस गरेका थिए । गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अब बुधबार सुनुवाइ हुने भएको छ  । गौतम पक्षका वकिलहरूको बहस नसकिएपछि बुधबार पुनः सुनुवाई हुने रिट दायरकर्ता अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । दुवै पक्षलाई दुई घण्टाको समय तोकिएको र त्यो समयभित्र जतिजना वकिल भए पनि बहस गरिसक्नुपर्ने समय निर्धारण गरिएको त्रिपाठीले जानकारी दिए ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्च अदालतमा दायर गरेको रिटउपर असोज ७ गते प्रारम्भिक सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले हालका लागि सांसदका रूपमा कुनै पनि कामकारबाही नगर्न राष्ट्रपति कार्यालय, सरकार र संसदका नाममा अन्तरिम आदेश जारी गरेको थियो । प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखी शुक्रबारका लागि पेसी सरेको थियो । शुक्रबारको सुनुवाइमा पनि बहस नसकिएपछि सुनुवाइ बुधबारका लागि सरेको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा तोकिएको छ । 

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित भएका गौतम राष्ट्रियसभाको मनोनीत कोटाअन्तर्गत राष्ट्रपतिद्वारा असोज १ गते राष्ट्रियसभाको सदस्य भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा मनोनीत गरेकी थिइन् ।





  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १५:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया