उपत्यकामा १ हजार १७७ संक्रमित थपिए, काठमाडौंमा मात्रै १००१

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  १ हजार १७७ कोरोना संक्रमित थपिएका छन् । 

काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी १ हजार १७७ कोरोना संक्रमित थपिएका हुन् । 

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २ हजार ४४ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७०  पुगेको छ । 

संक्रमण निको भएर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १६:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया