नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गरेको विचारको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ ।
प्रचण्डले दुईपटक प्रधानमन्त्री पदमा रहँदा व्यक्त गरेका विचारलाई समेटेर पुस्तक तयार गरिएको हो । प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तकको रुपमा बजारमा ल्याएको हो ।
पुस्तकमा प्रधानमन्त्रीत्वकालका दुई अवधिलाई दुई खण्डमा विभाजन गरिएको छ । पुस्तकमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रुपमा रहँदाको पहिलो कार्यकालका १५ वटा सम्बोधन समेटिएका छन् भने दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई पुस्तकको अर्को अंश बनाइएको छ ।
प्रचण्डको प्रधानमन्त्रीत्वकालमा भएका प्रमुख काम र उपलब्धिहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
पुस्तकमा ४०४ पृष्ठ रहेका छन् भने मूल्य ७५० रुपैयाँ राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।