ज्यादा पानी पिउँदा चौपट हुन सक्छ तपाईंको डाइट प्लान !

पानी जीवनको आधार हो । स्वास्थका लागि प्रशस्त पानी पिउनु आवश्यक छ । 

यदि तपाईं वजन घटाउनका लागि डाइट प्लान गर्दै हुनुहुन्छ भने पनि तपाईंका लागि पानी उत्तिकै आवश्यक हुन्छ । पानीले अक्सिजन र पोषक तत्वलाई शरीरका विभिन्न भागमा पुर्याउने मात्र नभई ‘इनर्जी बुस्ट’ गर्न पनि मद्दत गर्छ । 

तर, ज्यादा पानी पिउनाले तपाईंको डाइट प्लानलाई बेकार गरिदिन पनि सक्छ । 

हाम्रो शरीरमा जुन फ्याट (बोसो) जम्दछ, कहिलेकाहीँ त्यसमा पानीको हिस्सा पनि हुन्छ । यदि तपाईं एकैपटकमा धेरै पानी पिउनुहुन्छ भने तपाईंको मिर्गौलाले त्यो पूरै पानी एकै समयमा बाहिर निकाल्न सक्दैन । र, यो बोसोमा जमेर बस्छ । त्यसैले, एकैपटकमा धेरै पानी पिउनुको साटो थोरै–थोरै गरेर छिनछिनमा पिइराख्नुपर्छ । 

यद्यपि, तपाईंको डाइटमा सोडियम ज्यादा र पोटासियम कम छ भने तपाईंको शरीर ज्यादा पानी ग्रहण गर्न सक्षम हुन सक्छ । 

पिउने पानी शुद्ध नहुँदा पनि तपाईंको डाइट प्लान इफेक्टिभ नहुन सक्छ  । पानीमा हुने केही अर्गानिक तत्वले शरीरको वजन बढाइदिन्छ । 



कति पानी पिउने ? 

एक व्यक्तिले दिनभरमा कति पानी पिउनुपर्छ भन्ने निश्चित छैन । यो विभिन्न कुरामा निर्भर रहन्छ । जस्तो कि, तपाईंको वजन, तपाईं रहने वातावरण, तपाईंको काम आदि । गरम वातावरणमा रहने र शारीरिक परिश्रम पर्ने खालका काम गर्नेले ज्यादा पानी पिउनुपर्छ ।



सामान्यतया, महिलाले दिनमा कम्तीमा ३ लिटर पानी पिउनुपर्छ भने पुरुषले थप आधा लिटर पानी पिउनु राम्रो हुन्छ । तपाईंका लागि कति पानी आवश्यक छ, जान्नका लागि डाक्टरसँग सल्लाह गर्नुहोस् । 

  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार ५:२०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया