दिमाग तेजिलाे बनाउन ८ तरिका

कहिलेकांही कुनै अनुहार देखेजस्ताे लागेकाे हुनसक्छ तर हामीले त्याे अनुहारकाे नाम बिर्सिन्छाैँ । हामीले कहिलेकांही भनेका हुन्छाैँ- मनमा आयाे मुखमा आएन । खासमा याे हाम्राे स्मरण शक्ति कमजाेर भएकाले हाे । भनिन्छ, उमेर बढ्दै जाँदा दिमागकाे क्षमता घट्दै जान्छ । र कतिपय कुरा हामीलाई याद पनि आउँदैन । तर, उमेर बढेपनि हामीले हाम्राे स्मरण शक्तिलाई उस्तै ताजा बनाउन सक्छाैँ । त्यसका लागि तलका आठ तरिका अपनाउन सकिन्छ:  

१. व्यायाम

व्यायाम गर्नुले हाम्राे मस्तिष्कलाई स्वास्थ्य राख्छ । व्यायाम गर्नाले दिमागकाे क्षमता पनि बढ्छ । व्यायाम गर्दा दिमागका काेशिकाबीच आपसी सम्पर्क झन् राम्राे हुँदै जान्छ । नयाँ काेशिकाकाे निर्माण पनि हुन्छ । कार्डियाे एक्सरसाइज गर्नाले हामीले झन् धेरै अक्सिजन लिन्छाैँ । अझ यस्ताे व्यायाम बाहिर गर्ने हाे भने सूर्यकाे प्रकाशमा हामीलाई भिटामिन डी पनि मिल्छ । यसले हामीमा परिवर्तन ल्याउँछ । अरु काेहीलाई कुनै आइडिया बाँड्दै गर्दा पनि हामीलाई यस्ताे महसुस हुन सक्छ ।

२. गतिसहित याद गर्नुहाेस्

याे टेक्निक विशेष गरि कलाकारहरु प्रयाेग गर्छन् । कुनै पनि चलिचत्रमा गितसहित उनीहरु अाफूले बाेल्नु पर्ने डायलग सम्झन्छन् । यदि कुनै पनि कुराकाे गतिसहित केही कुरा याद गर्ने हाे भने त्याे सम्झनामा रहने सम्भावना अत्यन्त बढी हुन्छ । यदि तपाईंले कुनै प्रिजेन्टेसन दिनु पर्ने छ भने या भाषण गर्नु छ भने त्याे कुरालाई यसाे हिँड्दै वा नाच्दै सम्झने प्रयास गर्नुभयाे भने त्यसले तपाईंकाे सम्झना शक्तिमा व्यापक परिवर्तन ल्याइहाल्छ ।

३. सन्तुलित भाेजन



हामीले खाने खानामा पाइने सुगर लेभलकाे २० प्रतिशत भाग सिधै दिमागमा जान्छ । त्यसैले हामीले कति सुगर खान्छाैँ भन्ने कुराले हाम्राे दिमागलाई असर पार्छ । यदि हाम्राे सुगर लेभल नियन्त्रित छैन भने त्यसले हाम्राे दिमागलाई सिधा असर पार्छ । अनि हाम्राे दिमाग अन्याेलमा पर्छ । त्यसैले हाम्राे भाेजन सन्तुलित हुनु पर्छ । हाम्राे दिमागका काेशिका फ्याटबाट बनेका हुन्छन् । त्यसैले पनि खानामा फ्याटलाई पूर्णरुपमा छाेड्नु हुँदैन । बदाम, गेडागुडी, नासपाती, माछा हाम्राे दिमागका लागि निकै लाभदायक मानिन्छन् ।

४. दिमागलाई आराम दिनुहाेस्



तनाव दिमागका लागि अत्यन्त राम्राे हाे किनकि अापत्‌कालीन अवस्थामा पनि दिमागले राम्राेसँग काम गर्न पाउँछ । तर, निकै धेरै तनाव लामाे समयसम्म हुँदा दिमागमा नकारात्मक असर पर्छ । त्यसैले समयसमयमा अाफ्ना नियमित तनाव बिर्सनुहाेस् र दिमागलाई आराम दिनुहाेस् ।

 

५. नयाँ चुनाैति खाेज्नुहाेस्

दिमागलाई तन्दुरुस्त राख्नका लागि दिमागलाई नयाँ चुनाैति दिइरहनु पर्छ । जब नयाँ चुनाैति दिइन्छ, दिमागले अभ्यास गर्ने माैका पाउँछ र हामीले नयाँ कुरा सिक्न पाइन्छ । यसकाे अर्थ हाे कुनै नयाँ भाषा सिकेर वा नयाँ कला सिकेर हामीले दिमागकाे क्षमता बढाउन सकिन्छ । नयाँ भाषा सिक्न वा अरु केही सिक्न मन छैन भने परिवारमा अनलाइन खेल खेलेर पनि दिमागकाे क्षमता बढाउन सिकन्छ ।

६. स‌ंगीत सुन्नुहाेस्

संगीतले दिमागलाई अत्यन्त राम्राे प्रभाव पार्छ । मानाैं दिमागका लागि अचुक अाैषधि हाे संगीत । कुनै पनि गीत सुन्दै गर्दा वा कुनै साधन बजाउँदै गर्दा पूरै शरिर क्रियशिल हुने भएकाले पनि यस्ताे असर देखिने हाे । कयाैं ठाउँमा त संगीतलाई सम्झनाकाे थेरापीका रुपमा पनि प्रयाेग गरिएकाे हुन्छ ।

७. पढ्नुहाेस् र सुत्नुहाेस्

यदि तपाईंले दैनिक रुपमा केही नयाँ पढ्नुभयाे भने तपाईंकाे मस्तिष्कलाई राम्राे अभ्यास हुन्छ । यसले मस्तिष्कका दुई काेशिकालाई जाेड्ने काम गर्छ । अनि केही पढेर सुत्दा यसले दुई काेशिकाकाे सम्पर्कलाई अझ बलियाे बनाउँछ । त्यसैले यसरी पढेर सुत्दा पढेकाे कुरा लामाे समयसम्म याद आइरहन्छ । त्यसैले निद्रा सम्झनाका लागि तथा दिमागका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले पनि सुत्नुभन्दा अगाडि फिल्म तथा भूतका कथा पढ्नुहुँदैन, सकारात्मक अनुभवसँग सुत्दा दिमागलाई निकै फाइदा पुग्छ ।  

८. विहान यसरी उठ्नुहाेस्

यदि काेही पनि व्यक्ति पाँच घन्टाभन्दा कम सुत्याे भने त्याे व्यक्ति खासै चनाखाे हुन सक्दैन । यही अवस्था दैनिक १० घन्टाभन्दा बढी सुत्दा पनि हुन सक्छ । यसका साथसाथै तपाईं कसरी उठ्नुहुन्छ भन्ने पनि महत्वपूर्ण हुन्छ । सबैभन्दा राम्राे त के भने तपाईं अँध्याराेमा सुत्नुहाेस् र विस्तारै उज्यालाे भइरहेकाे समयमा उठ्नुहाेस् । उठ्दा सूर्यकाे प्रकाश काेठामा पर्ने छ भने झन् राम्राे हुन्छ । याे उज्यालाेले दिमागलाई अझ अभ्यास गर्ने बनाउँछ । घरमा सूर्यकाे प्रकाश अाउँदैन भने लाइट सिस्टम भएकाे अलार्म किन्न पनि सकिन्छ ।

  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार ८:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया