रोम– आर्केओलोजिस्टहरुले भोल्क्यानिक पहाडभित्र दबिएका घोडाका थुप्रै अवशेष भेट्टाएका छन् । इटालीको प्राचीन सहर रोमनजिक पोम्पेईमा भेटिएका ती अवशेषका तस्बिर आइतबार सार्वजनिक भएका हुन् । मानव विकासका हिसाबले यो क्षेत्र विश्वमै महत्वपूर्ण मानिन्छ ।
बिबिसी न्युजका अनुसार यी अवशेषहरु प्राचीन भिल्लाको एक तबेलामुनि भेटिएका हुन् । यीमध्ये एक अवशेष सग्लो, सफा र गहनासहितको छ । खुट्टाको पोजिसन हेर्दा यो गेटबाट बाहिर छलाङ मार्न आँटेजस्तो देखिन्छ ।
यो प्राचीन रोमन सहर सन् ७९ मा माउन्ट भेसुभियसको इरप्सनले ध्वस्त पारेको थियो । त्यो भयानक ज्वालामुखी विस्फोटले हजारौँ मानिस तथा जनावरको ज्यान लिएको थियो ।
पोम्पेई आर्केओलोजिकल पार्कका महानिर्देशक मसिमो ओसन्नाले इटालियन न्युज एजेन्सी अन्सालाई ‘उक्त घोडा उच्च सैनिक अफिसरसँग रहेको र त्यसले ज्यादै भयानक अन्त्य भोगेको’ आफ्नो अनुमान सुनाएका छन् ।
(तस्बिरहरुः सिसरे अम्बाटे/इपिए,अन्सा)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।