अब १५ मिनेटमै कोरोना संक्रमण भए नभएको थाहा हुने

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको भए नभएको चाँडै थाहा हुने भएको छ । यसअघि पीसीआर परीक्षणका लागि स्वाब दिएको १५ मिनेटमै रिपोर्ट आउने भएको छ । 

स्पेनले कोरोना संक्रमण भए नभएको १५ मिनेटमै पत्ता लगाउने प्रविधिको विकास गरेको । दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा दिने प्रविधि विकास भएको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको मृत्यु भइसकेको छ । 

स्पेनमा पछिल्लो २४ घण्टामा साढे ३ हजार नयाँ संक्रमित थपिएका र १ सय १३ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । 





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार ५:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया